• Sign in
banner-img

News & Media

समग्र कृषिको समाधान बोकेर उदाएको मुक्तिनाथ कृषि कम्पनीको विकल्प अरु हुनै सक्दैन : श्रीवास्तव (अन्तर्वार्ता)

समग्र कृषिको समाधान बोकेर उदाएको मुक्तिनाथ कृषि कम्पनीको विकल्प अरु हुनै सक्दैन : श्रीवास्तव (अन्तर्वार्ता)

29 March 2021

सलिल कुमार श्रीवास्तव मुक्तिनाथ कृषि कम्पनीका सिइओ हुन् । कृषि क्षेत्रमा उनले करिब दुई दशकको अनुभव बटुलिसकेका छन् । भारत मै पनि उनले करिब १७ वर्ष कृषि क्षेत्रसँग सम्बन्धित कम्पनीमा काम गरिसकेका छन् । अलाहवाद विश्वविद्यालयबाट एग्रीकल्चरमा स्तानक सकाएका उनले सप्लाई चेन विजनेशमा एमबिए पनि गरेका छन् । 

गत दुई वर्षदेखि उनी मुक्तिनाथ कृषि मकम्पनीमा सिइओको रुपमा कार्यभार सम्हाली रहेका छन् । मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको भने तीन वर्ष भयो । छोटो समयमा नै कृषिमा राम्रो जग बसाएको यस कम्पनीले कृषि क्षेत्रमा केकस्ता अनुभव बटुल्दै छ ? कृषिमा कस्ता सम्भावना र समस्याहरु छन् ? र, आफ्ना भावी योजनाबारे प्रमुख कार्याकारी अधिकृत (सिईओ) श्रीवास्तवसंग हलोखबरकालागि प्रबिता श्रेष्ठले गरेको अन्तर्वार्ताको अंश :

मुक्तिनाथ कृषि कम्पनीलाई कसरी चिनाउन चाहानुहुन्छ ?
सन् २०१८ मा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी हाल तेस्रो वर्ष प्रवेश गरेको छ । तीन वर्षमा यस कम्पनीले व्यावहारिक ज्ञान, सिस्टम र दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ प्रयासरत छौँ । कृषिमा सैधान्तिक ज्ञानमात्र आर्जन गर्ने प्रवृत्ति रहेको छ ।

९० प्रतिशत किताबी ज्ञान र दश प्रतिशत व्यावहारिक ज्ञान प्रयोगमा छ । तर, जब हामी व्यावहारिक रुपमा कृषिमा संलग्न हुन ९० प्रतिशत व्यावहारिक शिक्षा र १० प्रतिशत किताबी ज्ञानको लागू हुनुपर्छ भन्ने मान्यता राख्छौं । यस कारण पनि हामी ‘प्रोफेसनल’ र सिस्टममा चल्ने कम्पनीहरूसँग मात्र काम गछौैँ । 

कम्पनी त्यहाँ काम गर्ने मानिसको आधारमा भन्दापनि सिम्टमको आधारमा चलोस् भन्ने चाहन्छौं । यदि मैले कम्पनी छाडेपनि कम्पनी सिस्टम कै आधारमा चल्नुपर्छ भन्ने हो । हामी मुक्तिनाथलाई एउटा ‘प्रोफेसनल’ कृषि कम्पनीको रुपमा चिनाउन चाहान्छौँ । र, हाम्रो प्राथमिकता पनि कृषिमा दक्ष जनशक्ति उत्पादन गर्नु नै हो । जसको प्रत्यक्ष वा परोक्ष प्रभाव कृषिमा पर्छ ।

यस कारण पनि हामी दक्ष जनशक्तिमा केन्द्रीत छौँ । दक्ष जनशक्ति नै हाम्रो सबैभन्दा बलियो आधार हो । नेपालमा कृषि पढेका र कृषिमै ‘ग्राजुएट’ गरेका जनशक्ति एकदमै कम छन् । हामी कृषि पढेको विद्यार्थीहरू सुरुवाती चरणमा ‘इन्र्टन’ को रुपमा लिन्छौँ । तर, उनीहरूलाई कम्पनी कै हिस्साको रुपमा व्यवहार गछौँ, सिकाउछौँ र हामी पनि सिक्छौँ ।

हामीले कृषि विश्वविद्यालय–रामपुर, हिकास्टसँग पनि सम्झौता गरेका छौँ । यसको एक मात्र कारण भनेको कृषिमा दक्ष जनशक्ति उत्पादन गर्नेु हो । तर, दक्ष जनशक्ति छैन भने कम्पनी कसरी अघि बढ्छ ? र, यसको प्रत्यक्ष प्रभाव कृषिमा पर्छ । 

आगामी चौथौ वर्षमा भने हामी आफै नै विद्यार्थीहरूलाई विश्वविद्यालयमै गएर छान्ने योजनामा छौँ । जसको कारण, कृषि पढेका विद्यार्थीको लागि मुक्तिनाथ कृषि कम्पनी पहिलो रोजाइ बनोस् । अन्य प्रोफेसनल कम्पनीबाट पनि सिकिरहेका छौँ ।

मल्टी नेसनल कपोरेसन (एमएनसी) कल्चर पनि एउटा पाटो हो । जसले गर्दा कृषिमा काम गर्न एउटा राम्रो संस्था स्थापना होस् । नेपालको लागि कृषिमा निजी स्तरबाट एउटा राम्रो वातावरण तयार गर्ने चाहान्छु । 

कारण, हामीले जे भारतमा उत्पादन गर्न सक्छौँ त्यो नेपालमा पनि सक्छौं । तराईमा उत्पादन हुने धानदेखि उच्च भेगमा उत्पादन हुने स्याउसम्म पनि उत्पादन हुन्छ । समस्याको सन्दर्भमा भने कृषि र कृषिको ‘इको सिस्टम’ आफ्नो धार वा भनौ सिस्टममा चल्न सकेको छैन ।

दुई वर्ष मुक्तिनाथ कृषि कम्पनीसँगको तपाईको अनुभव कस्तो रह्यो ? भारत र नेपालमा काम गर्दाको विभिन्नता के पाउनुभयो ?
नेपालको कृषिमा प्रचुर सम्भावना छ, यसमा कुनै पनि शंका वा द्धविधा छैन । दशवर्ष अघि भारत वा दक्षिण एसियामा जस्तो अवस्थामा कृषि थियो त्यस्तै अवस्थाबाट नेपाल पनि आफ्नो कृषिको यात्रा तय गर्दैछ । 

चाहे त्यो सामाजिक परिवेश होस् वा किसानका, फसलका कुरा, वातावरण सबै विषयमा उस्तै छन् । व्यावसायिक दृष्टिकोणबाट पनि यहाँ मैले धेरै सम्भावनाहरू देखेको छु । यस कारण पनि म भारतबाट नेपाल सिफ्ट भए ।

सम्भावनाको कुरा गर्दा किसानको उत्पादन बढाउने, उनीहरूको आम्दानीलाई कसरी माथि ल्याउने, व्यापार घाटा घटाउने जस्ता क्षेत्रमा हामी लागि परेका छौँ । नेपालमा धेरै कृषि उपज आयात हुन्छन् भने थोरैमात्र निर्यात हुन्छ । यो विन्दुमा हामीले काम गर्नु पर्नेछ ।

कारण, हामीले जे भारतमा उत्पादन गर्न सक्छौँ त्यो नेपालमा पनि सक्छौं । तराईमा उत्पादन हुने धानदेखि उच्च भेगमा उत्पादन हुने स्याउसम्म पनि उत्पादन हुन्छ । समस्याको सन्दर्भमा भने कृषि र कृषिको ‘इको सिस्टम’ आफ्नो धार वा भनौ सिस्टममा चल्न सकेको छैन ।

जसको लागि निजी तथा सरकार, नीतिगत तहबाटै प्रभावकारी रुपमा संलग्न नरहेसम्म यस क्षेत्रको सुधार हुन्छ भन्नेमा पनि विश्वस्त भने रहन सकिन्न । विस्तारै, वर्तमान परिस्थितिमा देखिएका सुधार र परिवर्तन भने आशातित छन् ।
हाम्रो स्थानबाट हामीले गरिरहेका छौँ । नेपालमा कृषिमा फड्को मार्ने प्रशस्त ठाँउ छन् । म पनि रमाइ रहेको छु ।

यसरी बैंकको लगानी वास्तविक किसान र प्रोजेक्टसम्म पुग्छ । लगानी पश्चात हामी कर्जाको उचित उपयोग भएको छ वा छैन र किसानले कुन प्रकारको समस्या भोगिरहेका छन् वा छैनन् आदि बुझ्ने गछौँ । आवश्यक परेको खण्डमा हामी उनीहरूलाई थप प्राविधिक सहयोग पनि गछौं । यसरी हामी बैंक, किसान तथा व्यवसायी सबैलाई सहयोग गरिरहेका छौँ ।

मुक्तिनाथ कृषि कम्पनीको स्थापना कसरी भयो ?
मुक्तिनाथ कृषि कम्पनी एक निजी कम्पनी हो । भरत ढकालले स्थापना गर्नुभएको मुक्तिनाथ विकास बैकले १२ वर्षपछि उहाँले एग्री कम्पनीको रुपमा यसलाई जन्म दिनुभएको हो । बैंकको कुल पुजीको २५ प्रतिशत लगानी मुक्तिनाथ कृषि कम्पनी तथा बाँकी सर्वसाधारणले लगानी गरेका छन् । 

वर्तमान परिस्थितिमा बैंकहरूले १५ प्रतिशत कृषिमा कर्जा दिनु पर्नेछ । तर, अझै पनि शतप्रतिशत कृषिमा लगानी बैंकहरूले गर्न सकेका छैनन् । कुनै पनि क्षेत्रमा लगानी नै नगरेसम्म उन्नति र प्रगति हुदैन । कृषि क्षेत्रमा कृषि कर्जाको उपयोग हुन सकिरहेको छैन ।

एग्री सेन्टरको स्थापनाले कृषिमा लगानी मात्र नभई कृषकसम्म पुर्याउन समेत मद्यत गर्नेछ । हामी सहकारी, कृषकहरूसँग समन्वय गरी काम गर्ने गछौँ ।

अबको लागि मुक्तिनाथ बैकमा कुनै पनि कृषि कर्जा वा प्रोजेक्ट आउँदा बैकले उक्त विषयमा अध्ययन तथा धारणाको लागि हामीलाई पठाउँछ । प्रोजेक्ट के कस्तो हो ? कति लगानी आवश्यक छ ? आदि विषयमा अध्ययनगरि हामी बैकलाई ‘रेफर’ गछौँ ।

यसरी बैंकको लगानी वास्तविक किसान र प्रोजेक्टसम्म पुग्छ । लगानी पश्चात हामी कर्जाको उचित उपयोग भएको छ वा छैन र किसानले कुन प्रकारको समस्या भोगिरहेका छन् वा छैनन् आदि बुझ्ने गछौँ । आवश्यक परेको खण्डमा हामी उनीहरूलाई थप प्राविधिक सहयोग पनि गछौं । यसरी हामी बैंक, किसान तथा व्यवसायी सबैलाई सहयोग गरिरहेका छौँ ।

मुक्तिनाथ कृषि कम्पनीले के–के प्रोडक्ट सम्वन्धी काम गर्छ ?
मुक्तिनाथ कृषि कम्पनीका करिब एक सय ६० भन्दा बढी प्रोडक्ट छन् । जसमा, फार्म हाउस तथा कृषिका उपकरण, मलदेखि बीउबिजनसम्म रहेको छ । कम्पनीले रासायनिक मल, बीउबिजन तथा प्राविधिक सेवादेखि चार÷पाँच विधामा भने सशक्त रुपमा काम गरिरहेको छ । 

हामीले अन्य विभिन्न कम्पनीहरूसँग पनि समन्वय गरेर काम गरिरहेका छौँ । समन्वय गरेका कम्पनीहरूको ‘आरएन्डडि’ अर्थात रिर्सचका कामहरु समेत गर्दिने गरका र्छौं ।

हाम्रो उद्देश्य धेरै कमाउनु, मार्जिन राख्नु भन्दा पनि गुणस्तरीय उत्पादन किसानमाँझ पु¥याउनु नै हो । गुणस्तरीय उत्पादन तथा सर्भिस नभएसम्म किसानको उत्पादन वृद्धि हुँदैन भन्ने हाम्रो बुझाइ हो । किसानको उत्पादन बढाउनु नै कम्पनीको उद्देश्य हो । किसानले उत्पादन बजारमा ल्याएपछि ‘पोस्ट हार्भेस्ट’को काम सुरु हुन्छ । यसमा पनि हामीले उनीहरुलाई सहयोग गर्न मद्यत गर्नेछौं ।  

कुनै पनि प्रोजेक्टको लागि सिएसए चार्ज लाग्छ । हामी यसमा एकदमै कम चार्ज लिन्छौं । यसका साथै, मुक्तिनाथका कर्मचारीहरूले पनि फिल्डमा एक्सपोजर पाउँछन् भने, दोस्रो पक्षले पनि कम चार्जमा गुणस्तरीय काम पाउँछन् । हामी कम चार्ज लगाउँछौँ । दुवै पक्षलाई फाइदाजनक नै रहेको छ ।  

मुक्तिनाथ कृषि कम्पनी नै किन किसानको रोजाइमा पर्नु पर्छ ?
मुक्तिनाथको जिन ‘गिन’ ग्रामिण क्षेत्र हो । कम्पनीले आफ्नो सुरुवात गाँउ हुँदै सहरसम्म आएको हो । जसको कारण ग्रामीण भेगदेखि नै मुक्तिनाथ बैकप्रतिको विश्वास रहेको छ । संसारभर नै सबैभन्दा इमान्दार ग्राहक किसान हुन् । उनीहरूमा विश्वास गराउन सकियो भने दीर्घकालिन साथ र समन्वय हुनसक्छ ।

यस कारण पनि हामीले गुणस्तरीय सामान किसान माँझ पु¥याउन सक्यौँ भने फाइदा दुवै पक्षलाई हुन्छ । अन्य कुनै पेशा वा व्यवसायमा जता बढी फाइदा र नाफा देखिन्छ उतै लाग्छन् । तर, किसानहरू एक मात्र यस्ता ग्राहक हुन् जो इमान्दार र सोझा हुन्छन् । यस कारण पनि कृषकमा विश्वास छोड्न सक्नु सबैभन्दा ठुलो विषय हो । र, यसमा हामी कटिबद्ध छौँ ।

यसबाट कम्पनीलाई के फाइदा छ ?
कुनै पनि प्रोजेक्टको लागि सिएसए चार्ज लाग्छ । हामी यसमा एकदमै कम चार्ज लिन्छौं । यसका साथै, मुक्तिनाथका कर्मचारीहरूले पनि फिल्डमा एक्सपोजर पाउँछन् भने, दोस्रो पक्षले पनि कम चार्जमा गुणस्तरीय काम पाउँछन् । हामी कम चार्ज लगाउँछौँ । दुवै पक्षलाई फाइदाजनक नै रहेको छ ।  

मुक्तिनाथ कृषि कम्पनीले देखेको सम्भावना साकार पार्न कस्तो अवधारणा बनाएको छ ?
नेपालमा वास्तवमै कृषिको कुन क्षेत्रलाई ‘बुस्ट’ गर्नेु पर्ने आवश्यकता छ । मुक्तिनाथ कृषि कम्पनीको अवधारणा, ‘थ्रीपी’ अर्थात ‘प्रोडक्ट, पोलिसी र पिपल’ हो । ‘प्रोडक्ट’ अर्थात उत्पादन, ‘पोलिसी’ अर्थात नीति र पिपल अर्थात दक्ष जनशक्ति किसान ।

के कस्ता उत्पादन आवश्यक छ ? कस्तो जनशक्तिको आवश्यकताको खाचो कम्पनीलाई छ र कस्तो नीतिनियम चाहिन्छ ? नीतिगत सवालमा कम्पनीको नीति र देशको नीति आउँछन् । कृषि क्षेत्रमा विश्वमा यति धेरै राम्रो काम भइरहेका छन् । हाम्रोमा किन हुन सकिरहेका छैन ? भन्ने विषयमा पनि सरकार, नार्कसँग कुराकानी छलफल गरिरहेका छौ ।

वर्तमान सचिव डा. योगेन्द्र कुमार कार्की प्रति म आभार प्रकट गर्छु । उहाँले जे गरिरहनु भएको छ, गर्न खोजि रहुन भएको छ त्यसले कृषिलाई धेरै माथि पुर्याउछ । हामी उहाँसँग पनि कुराकानी तथा छलफल गरिरहेका छौँ ।

यसले किसान र किसानीसँग जोडिएका कम्पनीसँग समन्वय गर्दा दुवै पक्षको जानकारी हुने तथा अझ प्रभावकारी रुपमा काम गर्न मिल्छ । सम्झौता भएअनुसार हामी हाम्रो प्राविधिक सहयोग र बजार दिन्छौँ । हामी हाम्रो हरेक पाटर्नरसँग मिलेर अघि बढ्छौँ । हाम्रो नीति ५०–५० प्रतिशतको पावर ब्यालेन्समा रहन्छ । 
 

लकडाउनपछि कृषिसम्बन्धी धेरै कम्पनी थपिएका छन्, मुक्तिनाथ कसरी फरक छ ?
अवश्य नै बजारमा धेरै कम्पनी छन् । तर, हामी संख्यात्मक भन्दा पनि गुणात्मक हिसाबमा जान चाहान्छौँ । नेपाली बजारका गहन अध्ययन पनि गरिरहेका छाँै । बजारमा केको आवश्यकता छ ? कहाँ ग्याप छ ? के कस्तो प्रोडक्ट छन् ? यसबारे मुक्तिनाथ कम्पनीलाई थाहा छ । यसले एक किसानको वास्तविक आवश्यकता के हो ? भन्ने जान्न पाइन्छ भने अर्को तर्फ बजारमा यस पछिको आवश्यकता के भन्ने विषयमा पनि हामी एक कदम अघि छौँ ।

सोही कारण पनि, किसानले मुक्तिनाथ कम्पनीमा भरोसा गर्दा कुनै रिक्स हुनेछैन । हामी हतारमा अघि बढन् चाहदैनौ । मलको सन्र्दभमा हामीमा केही समस्या देखिएको होलान । तर, हामी उक्त समस्यामा सुधारिरहेका छौँ । दीर्घकालिन सोचमा छौँ । अरु जे गरिरहेका छैनन् । हामीले त्यही गर्न चाहिरहेका छौँ ।

मुक्तिनाथ कृषि कम्पनीले कृषकहरूलाई कसरी फाइदा दिने गर्छ ? 
हामीले नेपाली माटो नामक संस्थासँग समन्वय गरेका छौँ । यो महिलाहरूले स्थापना गरेको कम्पनी हो । एक तर्फ कृषक त छदैछन् त्यसका साथै, कृषि कम्पनीहरूसँग पनि समन्वय गरिरहेका छौँ ।  

यसले किसान र किसानीसँग जोडिएका कम्पनीसँग समन्वय गर्दा दुवै पक्षको जानकारी हुने तथा अझ प्रभावकारी रुपमा काम गर्न मिल्छ । सम्झौता भएअनुसार हामी हाम्रो प्राविधिक सहयोग र बजार दिन्छौँ । हामी हाम्रो हरेक पाटर्नरसँग मिलेर अघि बढ्छौँ । हाम्रो नीति ५०–५० प्रतिशतको पावर ब्यालेन्समा रहन्छ । 
 

किसानको साइकोलोजी कस्तो पाउनु भएको छ ?
किसानी काम सबैभन्दा गाह्रो छ । यहाँ अनिश्चितता छ । अन्य व्यवसायमा समयको लगानीसँगै हामीले केही रिटर्न पाउने छाँै । तर, किसानीमा फसलले बजार नपाएसम्म उनीहरूलाई डर हुन्छ । यो डरलाई घटाउन नसक्दासम्म हामी आफै पनि अघि बढ्न सक्दैनौँ । किसानको यो डरलाई घटाउने प्रक्रियामा हामी अघि बढिरहेका छौँ । 

नेपालको सन्दर्भमा नीतिगत तहमा के कस्ता समस्या देख्नु भएको छ ? कस्तो सुधार आवश्यक छ ?
नेपालको सन्र्दभमा तीन प्रमुख विषयहरु छन् : मल, बीउ र कृषि उपकरण । नेपालमा मलको समस्या कुनै नौलो कुरा भएन । सबैलाई थाहा भए कै कुरा हो । किसानले समयमा मल पाएका छैनन् । 

चाहे त्यो ठूलो होस् वा सानो, उनीहरूले समयमा नै मल किसानलाई उपलब्ध गराइरहेका छन् । वा भनौँ जसरी पनि मिलाउँछन् । त्यो नेपालमा त्यो हुन सकेको छैन । यसको प्रमुख कारण नै ‘पोलिसी ग्याप’ हो । 

विश्वले के उत्पादन गरिरहेका छन र हाम्रो आवश्यकता के हो त्यसमा पनि ग्याप छ । विश्वलाई के को आवश्यकता छ र हामीले के उत्पादन गरिरहेका छौँ त्यसमा पनि ग्याप छ । त्यस्तै, मुल्यांकन नै उचित रुपमा हुनसकेको छैन । चार÷पाँच पटक टेन्डर हुदापनि लाग्न सकेन । व्यापारीले बजार खोज्छ । मल खरिदको लागि शतप्रतिशत बजार छ ।

तेस्रो विषयमा, नेपालमा कृषि उपकरणहरू ‘गार्भेज साइड’ जस्तो भएको छ । कारण, यहाँ गुणस्तरको मापन नै छैन । यहाँ त्यस्तो एउटा निकाय वा नीतिको आवश्यकता छ, जसले उपकरणहरूको चेक–जाँच गर्छ । भारतको ‘एफएनसिसिआई त्यहाँ बन्ने उपकरणको प्रारम्भिक चरणमै चेकजाँचको लागि पठाउँछ । यसले उपकरणको गुणस्तरतालाई सुरुवाती चरणदेखि कै ब्यालेन्स गर्न थाल्छ ।

के सरकारकाले व्यापारीले किनेको सामान ‘बाईब्याक’ गरिदिन्छ ? 
नेपालमा यसवर्ष पाँच लाख मेट्रिक टन मलको योजना बनेको छ । पाँच लाख मेट्रिक टन भनेको सानो आकार होइन । कुनै पनि मल उद्योग तथा ‘रिफाइनरी को लागि यो ठुलो माग हो । 

दोस्रो विषयम हो, बीउ । बीउको नयाँ भेराइटी पाँचदेखि सात वर्षको हुन्छ । जुनसुकै बीउको जातलाई परिक्षणको लागि तीनदेखि चार वर्ष लाग्छ । सोही भेराइटी नेपालमा आउँछ । यहाँ परीक्षण गर्दा पुनः तीन चार वर्ष लाग्छ ।

यसरी, एउटा बीउको आयु जुन समय बीउ रोग प्रतिरोधात्मक हुन्छ उक्त समयसम्म केहि मात्रामा हटिसकेको हुन्छ । परीक्षणमै ६ सात वर्ष बित्दा हामीले पाउने बीउ ट्रयाल पश्चातको पनि सेकेन्ड ग्रेड सामान पाउँछौं । हामी उक्त टङयालिङ प्रक्रियालाई पनि घटाउनु छ । 

हामीले आफ्नै ‘आरएन्डडि’ अर्थात ‘रिसर्च एन्ड डिभिलप्मेन्ट बैक’ स्थापना गर्नु पर्नेछ । गहुँ, मकै, धान जस्ता नेपालका प्रमुख बालीमा आरएन्डडि बैक स्थापना गर्ने उद्देश्यमा मुक्तिनाथ कम्पनी अग्रसर रहेको छ । गहुँ, मकै, धानमा नेपालकै रैथाने बीउलाई उन्नत गरी प्रयोग गर्न सकिन्छ । 

तेस्रो विषयमा, नेपालमा कृषि उपकरणहरू ‘गार्भेज साइड’ जस्तो भएको छ । कारण, यहाँ गुणस्तरको मापन नै छैन । यहाँ त्यस्तो एउटा निकाय वा नीतिको आवश्यकता छ, जसले उपकरणहरूको चेक–जाँच गर्छ । भारतको ‘एफएनसिसिआई त्यहाँ बन्ने उपकरणको प्रारम्भिक चरणमै चेकजाँचको लागि पठाउँछ । यसले उपकरणको गुणस्तरतालाई सुरुवाती चरणदेखि कै ब्यालेन्स गर्न थाल्छ ।

सोही सिस्टम नेपालमा पनि आवश्यक छ । यी तीन मापकमा काम गर्ने थालेपछि मात्र कृषिका अन्य समस्यामा सुल्झाउन सक्छौँ ।  त्यस्तै, हाम्रो मानसिकता उत्पादनभन्दा पनि व्यापारतर्फ बढी छ । आफैले उद्योग संचालन गर्ने, उत्पादन गर्नेभन्दा उपलब्ध सामान ल्याउने, बजारमा बेच्ने पैसा कमाउने जाने, सोही चक्र चलिरहेको छ । च्याट कटर, स्प्रियर मेसिन नेपालमै पनि बनाउन सकिन्छ । कुनै पनि रकेट साइन्स छैन । मुक्तिनाथ कम्पनी यस विषयमा पनि अध्ययन सुरु गरेको छ ।

नेपालमा के कस्तो कृषि मेसिनहरू बन्न सक्छन् । यसले व्यवसायीहरूलाई पनि राहत मिल्छ । नयाँ व्यवसायको पाटो पनि खुल्छ । बाहिरदेशबाट सामान ल्याउनु भन्दा स्वदेशमै किन बनाउने ? जबसम्म हाम्रो मनस्थिति व्यापारबाट उत्पादनमा जाँदैन तबसम्म कृषिमा उन्नतिको सम्भावना देखिदैन । 

राजनीतिक अस्थिरता हरेक संस्थाको लागि सबैभन्दा ठुलो डर हो । हरेक कम्पनीले चाहान्छ कि उनीहरू सरकारको नीतिसँग मिलेर काम गरुन् । राजनीतिक अस्थिरता हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्छ । राजनीतिक स्थिरता हुँदा कम्पनीले एक धारमा सुनिश्चित र ढुक्क भएर काम गर्न सक्छ । 
 

यस बाहेक, के कस्ता समस्या कम्पनीले भोग्नु परेको छन् ?  

नेपालको बजार निकै सानो छ । यहाँ दलाली गर्ने भने धेरै छन् । यद्यपि, यो प्रवृत्ति हरेक क्षेत्रमा छ । उनीहरूलाई हटाउन नै सकिन्न तर, घटाउन भने सकिन्छ । तर, यो नीतिनियम बने पछि मात्र सम्भव छ । 

पहिलो भारतमा बीउ कम्पनी स्थापना गर्न सहज थियो । तर, भारत सरकारले नीतिमा ल्याएको परिर्वतनले हाल बीउ कम्पनी स्थापना पहिले जस्तो सम्भव छैन । आर.एन्ड. डि रेजिस्ट्रसन, अनेकौ ट्रायल्स पछि मात्र बीउ कम्पनी स्थापना हुन्छ । हालको लागि नीतिगत विषयमा सुधार हुन थालेका छन् । तथापि, अझै पनि कृषिमा थुप्रै सुधारको प्रशस्त स्थान छन् । 

राजनीतिक परिर्वतनले निजी कम्पनीलाई कस्तो प्रभाव पार्ने गर्छ ?
राजनीतिक अस्थिरता हरेक संस्थाको लागि सबैभन्दा ठुलो डर हो । हरेक कम्पनीले चाहान्छ कि उनीहरू सरकारको नीतिसँग मिलेर काम गरुन् । राजनीतिक अस्थिरता हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्छ । राजनीतिक स्थिरता हुँदा कम्पनीले एक धारमा सुनिश्चित र ढुक्क भएर काम गर्न सक्छ । 
अन्तिममा केही ?
वर्तमान परिपेक्षमा मिडिया सबैभन्दा महत्वपुर्ण पाटो भएको छ । किसानदेखि वौद्धिक वर्गसम्म पनि मिडियाको प्रभाव निकै ठूलो छ । यस कारण पनि मिडियाले सहि  जानकारीहरू दिनुपर्छ । सही समाचार तथा जानकारी प्रभाह गर्नमा मेरो अुनरोध तथा अपिल छ । 

कारोनाकालमा यस कम्पनीले प्रदेश २ का करिव ५ सय कृषकहरुलाई भर्मी कम्पोष्ट तथा रोल्पाका करिव एक सय किसानहरुलाई बिउहरु वितरण समेत गरेको थियो । कासा प्रोजेक्टअन्तर्गत वितरण गर्नुकासाथै मिनि सोयल टेस्टिङ ल्याव समेत उपलब्ध गराउदै आएको मुक्तिनाथ कृषि कम्पनीले सरकारका हरेक कार्यालयहरु, स्थानिय तहकासाथै कलेज, सहकारीहरुलाई समेत उपलब्ध गराउदै आएको छ ।